रास्वपाको सडक आन्दोलनप्रति लक्षित गर्दै ज्ञवालीले भने- ‘सडक अदालतले फैसला गर्ने दिन गए’

रास्वपाको सडक आन्दोलनप्रति लक्षित गर्दै ज्ञवालीले भने- ‘सडक अदालतले फैसला गर्ने दिन गए’
+
-

झापा – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सडक अदालतले फैसला गर्ने दिन गएको बताएका छन्।

नेकपा एमाले झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले रास्वपाले सडक अदालतबाट फैसला गर्न चाहेको तर अब त्यस्ता दिन गएको बताएका हुन्।

नेता ज्ञवालीले रास्वपालाई अदालतले फैसला गर्ने भन्दै सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए। उनले रास्वपाले ‘क्लिन चिट’ पाएको भन्दै हुर्रे गरिसकेकाले अदालतबाट पनि क्लिन चिट ल्याउन सुझाव दिए।

‘सरकारले संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ,’ ज्ञवालीले भने, ‘कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुँदैन।’

कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीसहित अन्य धेरै नेताहरू पक्राउ पर्दा कुनै पनि पार्टीले जुलुस ननिकालेको ज्ञवालीको भनाइ थियो।

सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धान चलिरहेको बेला प्रदर्शन गरेर कानुन कार्यान्वयन गर्ने निकायलाई प्रभावित बनाउन खोजेर गल्ती गरेको बताए।

‘राज्यका निकायलाई काम गर्न दिनुपर्छ,’ उनले भने, ‘यो सरकार भ्रष्टाचारविरुद्ध निर्ममतापूर्वक लाग्नेछ। संलग्नता भए कानुनी कारबाही हुन्छ, नभए सफाइ पाइनेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?