दीपावली तथा छठ पर्व नजिकिएसँगै वीरगञ्जमा बढ्यो माटाका भाँडाकुँडाको पसल

दीपावली तथा छठ पर्व नजिकिएसँगै वीरगञ्जमा बढ्यो माटाका भाँडाकुँडाको पसल
+
-

वीरगञ्ज – पर्साको सदरमुकाम वीरगञ्ज बजारका माटोका भाँडाकुँडाका पसल चोकचोकमा बढ्दै गएको छ। दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जको घण्टाघरमा माटोका भाँडाकुँडा बिक्री गर्ने पसल बढेका छन्।

दीपावली तथा छठ पर्वका लागि विशेषगरी माटोले बनेका सामग्री प्रयोग हुने हुँदा माटाका सामग्रीको पसल चोकचोकमा बढेको हो। अहिले पर्साको सदरमुकाम वीरगञ्जको घण्टाघर चोकमा दर्जनभन्दा बढी माटोको भाँडाकुडाँ बिक्री गर्ने पसल थापिएको छ।

मधेस प्रदेशकै बिभिन्न जिल्लाहरुबाट तथा भारतबाट पनि पसले माटोको भाँडाकुँडा लिएर बिक्री गर्नको लागि राखेका छन्। दिपावली तथा छठ पर्वमा विशेषगरी माटोले बनेको दियो, कलश, करुवा, ढकनी, हात्तीको बढ्ने गरेको छ।दिपावली र छठपर्बमा माटोको भाँडाकुडाँको बिक्री बढी हुने भएकाले गाउँबाट माटोको भाँडाकुँडा बनाएर बिक्रीका लागि वीरगञ्ज आएको पर्साको पकहा मैनपुर गाउँपालिकाका जयनारायण पण्डितले बताए।

तीन दिनअघि पसल थापेको बताउँदै छठ पर्बसम्म यहीँ बसेर माटोको भाँडाकुँडा बिक्री गर्ने उनले बताए। अहिले दीपावलीका लागि विद्युतीय सामग्रीले बनेको दियो तथा अन्य सामान बजारमा उपल्बध भए पनि पूजा गर्नको लागि भने माटोको भाँडो नै प्रयोग गर्ने भएकाले त्यस बेलामा बिक्री बढ्ने पण्डितले बताए।

वर्षमा सिजनअनुसार गमला, घैला, ढकनी, ताउलो, दियो आदि सामग्री बनाउने गरेको भन्दै उनले अहिले भने बिशेष गरी दीपावली र छठपर्बको लागि माटोको भाँडाकुडाहरु बनाए्र बजारमा ल्याएको जानकारी दिए। दीपावली, छठमा प्रसाद राखेर भगवान चढाउनका लागि माटाका सामग्री प्रयोग हुने गरेको छ।

अन्य समयको तुलनामा दिपावली र छठ पर्बमा माटोले बनेको सामानहरुको बिक्री बढने हुँदा पसलको संख्या पनि थापिएको छ। माटाको भाँडाकुडाँहरु बनाउदै आएका कुम्हाल समुदाय वर्षभरि कामको अभाव हुने गरे पनि चाडपर्वको समयमा भने राम्रो आम्दानी हुने गरे पनि बढ्दो विद्युतीय सामग्री र प्लाष्टिकको सामग्रीले कुम्हाल समुदायको पुख्र्यौली पेशा संकटमा पर्दै गएको तराई कुम्हार समाजका पर्सा अध्यक्ष चन्द्रशेखर पडितले बताए। उनले पुख्र्यौली पेशामा युवा पुस्ताले आफ्नो आकर्षण नदेखाउँदा पनि पेशाको संरक्षणमा चुनौती बढेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?