
मुगु – मुगुकाे छायाँनाथरारा नगरपालिकाले अतिथि सत्कारलगायत दशैंतिहार, जस्ता शुभ कार्यमा कपडाको खादालगायत प्लाष्टिकका माला, प्रयोगमा प्रतिबन्ध लगाएपछि पुष्प ब्यबसाय शुरू गरिएको छ।
दशै तिहारलाई लक्ष्य गरी नगरपालिका नजिकका गाउँमा पुष्प ब्यबसाय शुरू गरिएको हो।
पछिल्ला केही बर्ष यता ब्यबसायिक रूपमा पुष्प खेती सुरू भए पछि दशैं, तिहारमा धामी झाँक्रीका लागि फुलका मालाले सम्मान तथा स्वागत गर्न सहज भएको स्थानीय बासिन्दाले बताएका छन्।
छायाँनाथ रारा नगरपालिका वडा नं ५ कार्कीवाडाका युवा ब्यबसायी बलचन्द्र कार्कीले पुष्प ब्यबसाय शुरू गरेको ३ बर्ष भयो। गत बर्ष दशै तिहारको बेला फुल बेचेर करिब २ लाख कमाई गरेको उनी बताउँछन्। फूलको माग धेरै भएकाले गत बर्षभन्दा यस बर्ष बढी नै फूल उत्पादन गरेकाले करिब ३ लाखसम्म आम्दानी हुने उनको अनुमान छ।
बेरोजगार भएर बिदेशै जानु पर्दैन उनी भन्छन् मेहनेत र परिश्रम गरे नेपालमै सुन फलाउन सकिने कार्कीको अनुभव छ। मौसमे तथा बेमौसमे तरकारी खेती समेत गरेर बर्षमा ७ लाख रूपयाँसम्म कमाउँदै आएका कार्कीले ३ बर्षदेखि सयपत्री फूलको समेत उत्पादन गर्दै आएका छन्।
फूल बेच्न बजार धाउनु नपर्ने र स्थानीय फूल खरिदका लागि उत्पादन स्थलमै आउनाले बजार धाउनुपर्ने उनी बताउँछन् । प्रति फूलको मालाको रू १५० र प्रति केजी फूलको रू ३५० मूल्य कायम गरिएको समेत कार्कीले बताए।