दुर्गा प्रसाईंको निम्तोमा झापा आएका भारतीय प्राध्यापक रागीलाई कार्यक्रममा भाग लिन प्रहरीको रोक

दुर्गा प्रसाईंको निम्तोमा झापा आएका भारतीय प्राध्यापक रागीलाई कार्यक्रममा भाग लिन प्रहरीको रोक
+
-

झापा- दुर्गा प्रसाईंको निमन्त्रणामा आएका दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्राध्यापक डा. संगीतकुमार रागीलाई प्रहरीले प्रसाईंको कार्यक्रममा भाग लिन रोक लगाएको छ।

सोमबार आएर बिर्तामोडको होटल किंग्सबेरीमा बसेका रागीलाई प्रहरीले कूटनीतिक मर्यादाविपरित बिना अनुमति प्रसाईको आन्दोलनको कार्यक्रममा भाग नलिन भनेर सम्झाएको हो।

माथिको आदेश रागीलाई सुनाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए। उनले भने, ‘भारतीय विश्वविद्यालयका प्रोफेसर जस्तो मान्छे सार्वजनिक कार्यक्रममा भाग लिँदा कूटनीतिक च्यानलमार्फत आउनुपर्छ। उहाँलाई सम्झाइबुझाइ भारत पठायौं।’

भारतीय प्रोफेसर आएर बसेको जानकारी आएपछि आफूले बुझ्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए।

आफूले बोलाएको पाहुनालाई प्रहरी प्रशासनले अपमान गरेको बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईले आरोप लगाए।

राति रागी बसेको होटलमा बिर्तामोडका डीएसपीको कमाण्डमा प्रहरी पुगेर कार्यक्रममा गए भने पक्राउ गर्छु भनेर सरकारले आफ्नो अतिथिको अपमान गरेको उनले बताए।

भारतबाट परिचालित भएको आरोप लागेका प्रसाईले आफ्नो कार्यक्रममा दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर रागीलाई बोलाएका हुन्।

हिन्दुवादी चिन्तकको रुपमा परिचित रागी दिल्लीबाट बागडोक्रा हुँदै त्यहाँबाट स्थल मार्गबाट नेपाल आएका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?