
झापा- सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वाटर झापाले ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वाटर झापा तथा मातहत इकाईबाट विभिन्न समयमा बरामद गरेको ११ लाख ८१ हजार ९८० बराबरको ९ बोरा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
विभिन्न किसिमका आतिशबाजी पटाकाहरु स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र पत्रकारहरुको रोहबरमा सोमबार दिउँसो गणको परिसरभित्र खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज विष्टले जानकारी दिए।