घटस्थापनादेखि राखिएको बाराको गढीमाई मन्दिरको दान पेटिकाबाट सात लाख भेटी संकलन

घटस्थापनादेखि राखिएको बाराको गढीमाई मन्दिरको दान पेटिकाबाट सात लाख भेटी संकलन
+
-

वीरगञ्ज – बाराको महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा घटस्थापनाको दिनदेखि राखिएको दान पेटिकाबाट सात लाख भन्दा बढीको भेटी संकलन भएको छ। मन्दिर प्राङणमा घटस्थापनादेखि कार्तिक १३ गतेसम्म राखिएको दान पेटिकाबाट नगदसहित सुन चाँदीका गरगहना गरी सात लाखभन्दा बढीको भेटी संकलन गरिएको हो।

मन्दिरमा राखिएको दानपेटिका महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव,गढीमाई मन्दिर बिकाश समितिका अध्यक्ष रामचन्द्र साह लगायतको उपस्थितीमा मन्दिरको दानपेटिका खोलिएको हो।

दानपेटिकाबाट सुनको तिलहरी पाँच थान,चाँदीको आँखा दुई जोर,सुनको टिका एक थान,चाँदीको घण्टी तीन थान गरि कुल सात थान सुनको र छब्बीस थान चाँदीको गहना तथा नगद समेत गणना गरिएको थियो।पञ्चबर्षिय गढीमाई मेला मूल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवका अनुसार गर गहना र नगद गरी कुल सात लाख ३५ हजार २४१ रुपैयाको भेटी संकलन भएको हो।

यसैगरी मन्दिरमा रसिदमार्फत दुई लाख ३१ हजार ७२ रुपैया समेत संकलन भएको यादवले जानकारी दिए। हरेक पाँच बर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेबाट लाग्दै छ। मेलाका लागि असोज १७ गते घटस्थापनाका दिन भव्य शोभायात्रासमेत निकालिएको थियो।

पशु बलिको लागि प्रसिद्ध गढीमाई मेलामा करोडौं भक्तजन तथा दर्शनार्थी दर्शन गर्न तथा मेला हेर्न आउने मेला तथा मूल व्यवस्थापन समितिले विश्वास राखेको छ। मेलामा नेपाल,भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु मेला हेर्न तथा पशु बलि दिन आउने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?