
मुगु– रारा बिमानास्थलमा निर्माणाधिन टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
खानेपानी तथा सरसफाई र फिनिसिङबाहेक भवन निर्माणको सबै काम सकिएकाले टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको हो।
सम्झौता अवधिमा भवन निर्माणको काम सम्बन्धित निर्माण कम्पनीले सम्पन्न गर्न नसकेपछि पटक, पटक गरि ४ पटक म्याद थप गरेको र हाल सम्म टर्मिनल भवनको ८५ प्रतिसत काम पुरा भएको टर्मिनल बिल्डिङ एण्ड कन्ट्रोल टावर, रारा बिमानास्थलका आयोजना प्रमुख महेश नेपालीले जानकारी दिए।
०७६ असोज १६ गते नेपाल नागरिक उड्यन प्राधिकरण अन्तर्गत एरोड्रम ईन्जिनिरिङ बिभाग र ओम बुद्द इन्टरनेष्नल प्राली बिच ट्रमिनल भवन निर्माणका लागी सम्झौता भई बिक्रम संवत् २०७६ कार्तिक १ गतेबाट निर्माण थालिएको थियो।
विभिन्न बाहाना बनाउँदै पहिलो सम्झौता अवधि ३ बर्षमा काम पूरा गर्न नसकेपछि पटक, पटक गरि ४ पटक म्याद थप्दै आएको ओम बुद्द ईन्टरनेष्नल प्रालीले ३ बर्षमा निर्माण सकिसक्नुपर्ने आयोजना झण्डै दोब्बर समय लाग्ने भएकाे हाे।
ओम बुद्द इन्टरनेसनल प्रालिका प्रतिनिधि बिबेक श्रेष्टका अनुसार मौसमले साथ नदिएको खण्डमा बाहेक अब करिब १५ देखि ३० दिन सम्मको काम मात्र बाँकी रहेकाले एक महिनाभित्र सबै काम सकिने जानकारी दिए ।