बारामा युवक मृत भेटिएको घटना

‘श्रीमतीसँग प्रेम सम्बन्ध, श्रीमान्‌को हत्या’

‘श्रीमतीसँग प्रेम सम्बन्ध, श्रीमान्‌को हत्या’
+
-

वीरगञ्ज – वीरगञ्जका २६ वर्षीय युवक वीरेन्द्र साह सोनारको हत्या गरेको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पर्साको बहुदरमाई नगरपालिका–९ का २८ वर्षीय विजयकुमार साहलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार मृतक वीरेन्द्रकी श्रीमतीसँग विजयको प्रेम सम्बन्ध थियो। बारास्थित गण्डक नहरको डिलमा कार्तिक १ गते वीरेन्द्रको शव फेला परेको थियो।

गत असोज २७ गते साँझ वीरेन्द्र र विजय बाराको मुसहर्वास्थित मेला हेर्न गएका थिए। सोही राति साढे ९ बजे श्रीमतीसँगको प्रेम सम्बन्धबारे वीरेन्द्र र विजयबीच विवाद भएको थियो। सोही क्रममा विजयले वीरेन्द्रको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ।

विवादको क्रममा आफूले गम्छाले पछाडिबाट घाँटी कसेर हत्या गरी प्रसौनी गाउँपालिका–१ त्रिवेणीस्थित गण्डक नहरमा फालेको विजयले स्वीकार गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

पक्राउ परेका विजय तीन वर्षदेखि वीरेन्द्रकै घरमा भाडामा बस्दै आएका थिए। शव भेटिएपछि मृतकका परिवारले हत्या विजयले नै गरेको बताएका थिए।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले शव भेटिएकै दिन वीरेन्द्रकी श्रीमती मनिषा देवीलाई पनि नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार उनको समेत घटनामा संलग्नता रहेकोले उनलाई पनि प्रहरी नियन्त्रणमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?