शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई
+
-

गण्डकी- यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको छ ।

जनस्तरबाट रकम सङ्कलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई आज एक समारोहकाबीच प्रदान गरिएको हो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची र प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालले उपाध्यायलाई संयुक्त रुपमा रु ५५ हजार पाँच सय ५५ र सम्मानपत्र प्रदान गरे । साहित्यकार उपाध्यायले यसअघि प्राकृत पोखरा कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति विखर्चीले साहित्यमा दलगत राजनीति भित्रिएकामा चिन्ता व्यक्त गर्दै साहित्य राजनीतिभन्दा धेरै माथि रहेको बताए । साहित्य समाजको दर्पण भएको उल्लेख गर्दै उनले समाज उपयोगी साहित्य लेखनमा लाग्न सुझाव दिए।

सम्मानित भाषाविद् उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाई राख्न नयाँ पुस्तालाई आग्रह गरे । प्रतिष्ठानका अध्यक्ष बरुवालले आफ्नै क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न पाउँदा संस्थाको गरिमा बढेको धारणा राखे ।

उक्त पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा रविलाल अधिकारी, साहित्यकार सरुभक्त, वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा, लोकगायिका हरिदेवी कोइराला, साहित्यकार हंशपुरे सुवेदी, भाषाविद् चूडामणि बन्धु र संस्कृतिकर्मी प्रा डा जगमान गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक कवि कुञ्जराज थापा, सल्लाहकार असफल गौतम, स्रष्टा छनोट समितिका संयोजक अग्निधर शर्मा, साहित्यकार गेहेन्द्रश्वर पोखरेलीलगायतले विकृत राजनीतिलाई सुधार गर्नतर्फ साहित्य केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?