
वीरगञ्ज – बाराको महागढीमाई नगरपालिकास्थित वरियारमा रहेको पञ्चवर्षीय गढीमाई मेलाका लागि नौ वटा उपसमिति बनाइएको छ।
मेला व्यवस्थापनका लागि गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिको बैठकले विभिन्न नौ वटा उपसमिति बनाएको हो।
समितिको शुक्रबार बसेको बैठकले मेलाको प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकमा रेशम तिवारीलाई तोकेको छ।
जग्गा व्यवस्थापन उपसमितिको संयोजकमा जतिकर हुसेन चुरिहार, खानेपानी व्यवस्थापन समितिको संयोजकमा विश्वनाथ प्रसाद कुशवाहा, टेन्ट व्यवस्थापनमा चन्दन कुमार साह र मनोरञ्जन व्यवस्थापनमा गजेन्द्र जैसवाललाई संयोजकको जिम्मेवारी दिइएको छ।
यस्तै, विद्युत् व्यवस्थापन उपसमितिको संयोजकमा प्रभु प्रसाद, पार्किङ व्यवस्थापन उपसमितिमा उपेन्द्रप्रसाद जैसवाल, बलि व्यवस्थापन उपसमिति विपद व्यवस्थापन उपसमितिमा प्रेमप्रसाद साह र विपद व्यवस्थापन उपसमितिको संयोजजकको जिम्मेवारी रामजन्मप्रसाद यादवलाई दिइएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले जानकारी दिए।
हरेक पाँच वर्षमा बरियारपुरस्थित गढीमाई मन्दिरमा मेला लाग्दै आएको छ। यसपालि आगामी मंसिर १ गतेबाट मेला लाग्ने भएको छ। मेलाको तयारी र व्यवस्थापनका लागि मूल आयोजक समितिले तयारी गरिरहेको छ।