मुगुमा सयपत्री फूलको व्यापार बढ्याे, प्लास्टिकका फूल विस्थापन

मुगुमा सयपत्री फूलको व्यापार बढ्याे, प्लास्टिकका फूल विस्थापन
+
-

मुगु – नेपालीहरुकाे दाेस्राे ठूलाे महान् चाड तिहारको रौनक मुगु जिल्लाको गमगढी बजारमा पनि देखिएको छ।

तिहार पर्वलाई ध्यानमा राख्दै यहाँका किसानले सयपत्री फूलको व्यापारलाई विशेष रूपमा अघि बढाएका छन्। गत वर्षबाट मुगुका किसानले तिहारका लागि सयपत्री फूलको बिक्री व्यापक रूपमा सुरु गरेका हुन्।

गाउँका किसानले आफ्नै खेतबारीमा उत्पादन गरेका सयपत्री फूलहरू डोकोमा राखेर गमगढी बजारमा ल्याएर बिक्री गरिरहेका छन्। यो फूल विशेष गरेर तिहारमा देउसी (भैलो, पूजा, घर सजावट र भाइटीकाको दिनका लागि प्रयोग गरिन्छ। यसरी परम्परागत रूपमा डोकोमा फूल बोक्ने र बजारमा बिक्री गर्ने क्रम अहिले पनि जीवित छ।

छायाँनाथ रारा नगरपालिकाका नगर  प्रमुख बिष्णु कुमार भामले गत वर्ष देखि नगर क्षेत्रमा प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएका छन् । यसले गर्दा प्राकृतिक सयपत्री फूलको माग बढेको छ, जसले बजारमा रहेका प्लास्टिकका फूलहरूलाई विस्थापित गरिरहेको छ। वातावरणमैत्री सोचका साथ प्राकृतिक फूलको प्रयोगले गाउँका किसानलाई पनि आर्थिक रूपमा सहयोग पुर्याएको छ।

तिहार जस्ता पर्वमा स्वदेशी उत्पादनको प्राथमिकताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पारेको छ। मुगुका किसानहरूको यस प्रकारको प्रयासले धार्मिक पर्वमा मौलिकता र स्वदेशी उत्पादनको महत्त्वलाई पनि प्रस्ट पारेको छ।

यसै गरि मुगुमा प्राकृतिक फूलको उत्पादनलाई  प्रोत्साहन गर्नको लागि छायाँनाथरारा नगरपालिका वडा नं १२ भिताड ले सय पत्री फूल उत्पादन  गरेको छ। हाल उत्पादित  फुल बेच्ने काम भैराखेको र यस बापत आएको पैसाले  जेष्ट र बृद्द नागरिकलाई यस  जाडो मौसममा न्यानो कपडा बितरण गर्ने लक्ष रहेको  वडा सचिब हिमबहादुर बडुवालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?