गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न माग

गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न माग
+
-

वीरगञ्ज – आमजनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरेका छन्।

शनिबार बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित गढीमाई मन्दिरमा आजपा जिल्ला कमिटीद्वारा आयोजित सर्वपक्षिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गरेका हुन्।

विश्वमै प्रसिद्ध गढीमाईको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सबैले आ–आफनो तर्फबाट र सरकारले पनि पहल गर्न आवश्यक रहेको उनले बताए।

‘सरकारले ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरी गढीमाईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने मेरो आग्रह छ’ उनले भने, ‘यसको पर्यटकीय, धार्मिक पूर्वाधार निर्माणमा कसैको चासो छैन्। हामी यसलाई एक विशाल र भव्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहन्छौं।’ केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको साहले टिप्पणी गरे।

प्रधानमन्त्री केपी शर्मा ओली मधेसको विकास कहिल्यै नचाहेको बताउँदै उनले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप लगाए। गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउँदै साहले आफू शहरी बिकास मन्त्री भएको बेला गढीमाईको नगरी महागढीमाईलाई स्मार्ट शहरको रुपमा विकासका लागि छनौट गरी बिभिन्न योजनाहरु राखेको स्मरण गरे।

हरेक पाँच वर्षमा लाग्दै आएको गढीमाई मेला यस बर्ष अगामी मँसिर १ गतेबाट लाग्दै छ। पशु बलिका लागि विश्वभरि नै यो मेला प्रसिद्ध छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?