लोप हुँदै गुलियो फापर

लोप हुँदै गुलियो फापर
+
-

मुगु – पछिल्लो समय मुगुमा गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ। पहिलेको तुलनामा फापर खेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ। मुगुको उच्च भूभागमा उत्पादन गरिँदै आएको प्रचलित फापर खेती अहिले क्रमशः घट्दै गएको हो।

गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानहरूले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए। तर, आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसानहरू अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्।

गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानहरूले फापर खेती गर्न छोडेका छन्।

किसानहरूका अनुसार फापर खेतीको राम्रो उत्पादन हुँदाहुँदै पनि उचित मूल्य पाउन नसक्दा निराशा बढ्दै गएको छ। ‘फापर लगाएर महिनौँ कुर्‍यौँ, तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ,’ छायाँनाथ रारा नगरपालिका वडा नं ७ टोप्लाका कृषक पर्बुजंग शाहीले बताए।

परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार र पहिचानमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ। उनीहरूले सरकारसँग फापर खेती प्रवर्द्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन्।

विशेषगरी गुलियो फापर स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ। गुलियो फापर सेवनले दम , रूघाखोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास हुँदाहुँदै पनि उचित संरक्षण र उत्पादनको मूल्यभन्दा लागत बढी हुँदा गुलियो फापर उत्पादनप्रति चासो घटेको कृषकहरूको धारणा छ।

जिल्लाका उच्च स्थान पिना, कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला , माथितुमलगायतका क्षेत्रहरू फापर खेतीको लागि उपयुक्त स्थान मानिन्छ। हाल तिते फापर सामान्य रूपमा गरिँदै आए पनि मिठो फापर खेती हाल फाटफुट रूपमा गर्ने गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’