यस बर्षको ‘भूपि पुरस्कार’का लागि कृति आह्वान

यस बर्षको ‘भूपि पुरस्कार’का लागि कृति आह्वान
+
-

गण्डकी- धौलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यस वर्ष प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरेको छ ।

प्रतिष्ठानको हालै बसेको बैठकले आगामी मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए।

भूपि शेरचनको जीवनी तथा उनका सिर्जनाबारेका समीक्षात्मक र अनुसन्धानात्मक कृतिलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

रु २५ हजार राशिको उक्त पुरस्कार आगामी पुसमा पर्ने भूपि जयन्तीमा प्रदान गरिनेछ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेछ ।

यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्रा डा सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्कृत भइसकेका छन् । विसं २०७३ मा प्रतिष्ठानले कवि भूपि शेरचनका नाममा पुरस्कार स्थापना गरेका थियो ।

विसं १९९० पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्य जगतको विशिष्ट प्रतिभा छन् । उनका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘परिवर्तन’, ‘नयाँ झ्याउरे’लगायत कृति लोकप्रिय छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?