
काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीसँग ४-० ले पराजित भएको छ। डुसान्बेमा बुधबार भएको खेलमा नेपाल फराकिलो हारको सिकार भयो।
ताजीकिस्तानको सेन्ट्रल स्टेडियम, डुसान्बेमा भएको खेलमा पहिलो हाफमा ३ गोल खाएको नेपाल दोस्रो हाफमा तुलनात्मक रुपमा समालिएपनि अर्को एक गोल खान पुगेको थियो।
ताजिकिस्तानका लागि शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई -दुई गाेल गर्दै टिमको सहज जित निश्चित गरेका थिए। फिफा वरीयतामा ७१ स्थानमाथिको ताजिकस्तानविरूद्व नेपाल तेस्रो पटक पराजित भएको हो।
यसअघि सन् २०१७ मा एसिया कप छनाेटअन्तर्गत भएकाे दुई खेलमा नेपाल पहिलो खेलमा २-१ र दोस्रो खेलमा ३-० ले पराजित भएकाे थियाे।नेपालले अब शनिबार अफगानिस्तानसँग दाेस्राे खेल खेल्ने छ।