जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण

जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण
+
-

काठमाडौँ – साहित्यकार जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण भएको छ। शनिबार बागबजारस्थित होटल हार्दिकमा नेपाल स्रष्टा समाजको आयोजनामा उक्त पुस्तक विमोचन भएको हो।

स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, साहित्यकार एवम् साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, साहित्यकार रोचक घिमिरे, प्राडा महेशकुमार आचार्य, प्राडा गोपिन्द्र पौडेल, डा. दिनबन्धु शर्मा, साहित्यकार पवन आलोक, कृतिकार जीवराज भट्टराईलगायतको उपस्थितिमा कृतिको लोकार्पण गरिएको हो।

कुल २२ कथा सङ्ग्रहित उक्त सङ्ग्रहमा ‘अभिशप्त कुइनेटाहरू’ प्रतिनिधिकथाको रुपमा रहेको छ।

वैदेशिक रोजगारी, बेरोजगारीलगायतका जटिल खालका सामाजिक विषय र त्यसबाट उत्पन्न मनोदशा उक्त पुस्तकमा रहेको समालोचक डा. शान्तिमाया गिरीले टिप्पणी गरेकी छन्। कथाकार भट्टराई समाज व्यक्तिलाई सुक्ष्म रूपमा अध्ययन गर्नसक्ने व्यक्ति भएको जनाउँदै यस संग्रहमा बहुमुखी विषय कलात्मक रुपले प्रस्तुत गरिएको भन्दै प्रसंसा गरेकी छन्। केही वाक्य लामा खालका भएको भन्दै यसतर्फ लेखकको ध्यानाकर्षणसमेत उनले गराइन्।

कथाकार डा. दिनबन्धु शर्माले ‘अभिशप्त कुइनेटाहरू’मा सङग्रहित कथाहरू सरल, आकर्षक र लयदार भाषामा रहेको टिप्पणी गरेका छन्। ‘सुरुदेखि अन्तसम्म पढिरहूँ लाग्ने पुस्तक छ’ भन्दै उनले कथाकार भट्टराईको प्रशंसासमेत गरे। उनका अनुसार उक्त सङ्ग्रहमा भएका कथामा रागात्मक कुइनेटारूका साथै उत्तम मनोविश्लेषण रहेको पाइन्छ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै डा. गोपिन्द्र पौडेलले कृतिकार भट्टराई विविधता रुचाउने लेखक भएको भनी प्रशंसा गरे।

लामो समयदेखि सम्पदा तथा संस्कृतिको क्षेत्रमा अनुसन्धानात्मक काम गर्दै आइरहेका कृतिकार भट्टराईको यो तेस्रो पुस्तक हो। नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य ४५० रुपैयाँ रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?