
झापा- स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवार मनोनयन दर्ता सुरु भएको छ। झापाको कनकाई नगरपालिका- ६ का लागि वडाध्यक्ष पदमा उम्मेदवारहरुको मनोनयन दर्ता सुरु भएको हो।
आइतबार बिहान १० बजेदेखि उम्मेदवार मनोनयन दर्ता गर्ने काम सुरु भएको हो। यो समाचार तयार पार्दासम्म तीन जना उम्मेदवारले मनोनयन मनोनयन दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली, जनमत पार्टीका सुकलाल राजवंशी र नेपाली कांग्रेसका रामगोपाल ओलीले मनोनयन दर्ता गराइसकेका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए।
अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि मनोनयन दर्ताका लागि तयारी गरिरहेका छन्।
वडाध्यक्ष दीर्घबहादुर थापाको निधनपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो।
थप तस्बिरहरू: