वीरगञ्ज – हरेक पाँच वर्षमा एक पटक लाग्दै आएको बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित गढीमाई मन्दिरको मेला सुरु भएको छ।
मंसिर १ गतेदेखि एक महिनासम्म गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला लाग्ने आयोजले जनाएको छ।
यसैबीच, गढीमाई मन्दिरमा राखिएको दानपेटिका दोस्रो पटक खोलिएको छ। चार वटा दानपेटिकाबाट नगद, सुनचाँदीका गरगहना भेटी स्वरुप संकलन भएको छ।

दानपेटिकाबाट ५ लाख २४ हजार १ सय ६५ नगद र रसिदमार्फत २ लाख १४ हजार ५ सय ७२ गरी कुल ७ लाख ४२ हजार ७ सय ३६ रुपैयाँ संकलन भएको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।
यसैगरी श्रद्धालु भक्तजनले दानपेटिकामा भेटीस्वरुप चढाएको ५ थान सुनका गहना र ४ थान चाँदीका गहना पनि संकलन भएको छ।
एक महिनासम्म लाग्ने मेलाका लागि तयारी तीव्र रुपमा अघि बढेको तथा मेलाका लागि ४० वटा घुम्ती र एक हजार अस्थायी शौचालय निर्माण गरिने समितिले जनाएको छ। हरेक पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेला पशु बलिका लागि चर्चित छ।

भर्खरै
लोकप्रिय






































































































































































































