मुगु – कर्णालीका मुगुलगायत जिल्लामा कोदाको माग प्रतिदिन बढ्दै गएको छ। कोदो खरिदका लागि ब्यापारी कृषकहरूको घरमै पुगेर खरिद गर्न थालेपछि एक्कासी कोदोको माग बढेको हो।
छायाँनाथरा नगरपालिका वडा नं ३ माथितुमका कृषक प्रकाश भण्डारीका अनुसार कोदाको उत्पादन घट्दै गए पनि माग भने बढेको छ । अहिले प्रति पाथी कोदाको मूल्य रू ७०र( मा बिक्री भइरहेको भण्डारीले बताएका छन्।

पहिले बिक्री नहुने तर बिक्री भैहाले सस्तो मुल्यमा बेच्नु पर्दा घाटा हुने भएकाले कृषकहरू निरास हुँदै आएका थिए । गाउँघर बाटै कोदो बिक्री हुन थालेपछि स्थानीय कृषकहरू उत्साहित देखिन थालेका छन्
पछिल्ला बर्षहरूमा कोदाको माग बढे पनि उत्पादन घट्दो क्रममा रहेको छ । कोदो खेती गर्दा लागतको तुलनामा उत्पादनमा कम हुँदा यहाँका कृषकहरू अन्य नगदे बालीतर्फ आकर्षण बढेको छ।
विगत वर्षहरूका तुलनामा कोदो खेती कम गर्ने र आलु,पाखेधान, मकै,सिमी लगायत तरकारी खेती तर्फ कृषकहरू आकर्षित हुन थालेपछि कोदो उत्पादन घट्दो क्रममा रहेको छ।
मुगुसहित साबिक कर्णालीका सबै जिल्लामा कोदाको खेती गरिँदै आएको छ। कर्णाली बाट खरिद गरिएको कोदो नेपालगन्ज, काठमाडौं, र पोखरामा लगी ब्यापारीहरूले बिक्री गर्ने गरेका छन्

भर्खरै
लोकप्रिय






































































































































































































