
काठमाडौँ- बालबालिकालाई डिजिटल सुरक्षाबारे जानकारी दिनका लागि चाइल्डसेफ्टनेटले एक दिने ‘डिजिटल सेफ्टी कार्यशाला’ सञ्चालन गरेको छ।
शुक्रबार काठमाडौँमा चाइल्डसेफ्टनेटले टिकटकसँगको सहकार्यमा उक्त कार्यक्रम गरेको हो। कार्यशालामा डिजिटल सुरक्षाबारे विभिन्न अन्तर्क्रियात्मक कार्यक्रम भएका थिए।
अहिले प्रविधिको समय भएको हुँदा इन्टरनेट धेरैले चलाउने तर यसमा सुरक्षित कसरी रहने भनेर जानकारी नभएकोले आफूहरूले बालबालिकाहरूलाई डिजिटल सुरक्षाबारे जानकारी दिन उक्त कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ।
चाइल्डसेफ्टनेटका सँस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले स्कुल, अभिभावक र सरकारले बालबालिकाहरूलाई इन्टरनेटबाट सुरक्षित रहने तरिका नसिकाएर उल्टै निषेध लगाउने गरेको आरोप लगाए। उनले भने, ‘ स्कुलमा मोबाइल लान नदिने, गेम खेल्न नदिने, यो नगर्ने त्यो नगर्ने भन्ने तर बालकालिका र युवाहरूलाई सुरक्षित तरिकाले इन्टरनेट चलाउन नसिकाउने।’

चाइल्डसेफ्टनेटका सँस्थापक तथा अध्यक्ष अनिल रघुवंशी
आजको कार्यक्रममा १६ भन्दा बढी स्कुलका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। अध्यक्ष अनिल रघुवंशीले बालबालिका र युवाहरूले इन्टरनेट र सोसल मिडियाको प्रयोग कसरी गर्छन र यसको जोखिमबारे जानकारी दिन टिकटकसँगको यो सहकार्य गरेको बताए।
उनले भने, ‘ बालबालिका र युवाले सोसल मिडिया र इन्टरनेटको प्रयोग कसरी गर्छन, कस्तो अनुभव लिएका छन्, पढाइ, मनोरञ्जन र संवाद गर्ने क्रममा के सहयोग हुन्छ। एउटा त्यो कुरा भयो भने र अर्को त्यसमा कस्ता चुनौती र जोखिम छन्। कसरी त्यसबाट बच्ने भन्ने कुरा सिकाउन, उनीहरूको बिचार सुन्न हामीले टिकटकसँगको सहकार्यमा यो कार्यक्रम गरेका हौँ।’
उनले थपे, ‘डिजिटल मिडियाका प्लेटफर्महरू टिकटक ,फेसबुक इन्ट्राग्राम युट्युबहरुले बाल सुरक्षाका लागि कस्ता कामहरू गर्न पर्छ भनेर कुरा गर्दा टिकटकले बालसुरुक्षाका लागि काम गर्न इच्छुक छौँ भनेर उहाँहरूले हामीसँग सहकार्य गर्नुभएको हो।
सँस्थाले यस्ता कार्यशालाको माध्यमबाट बालबालिका र युवाहरूको चाहना बुझी उनीहरूले गर्ने गरेको क्रियाकलापलाई सरोकारवालासँग पुर्याउने गरेको छ।
उनले भने, ‘ कार्यशालाको माध्यमबाट बालबालिका र युवाहरूको भावना, बिचार चाहना के छ र कसरी यसलाई सुरक्षित बनाउन सकिन्छ भनेर हामीले काम गरेका छौँ। उनीहरूलाई के चाहिन्छ, कस्तो समस्या छ र के गर्दा राम्रो हुन्छ भन्ने कुरालाई हामीले सरोकारवालासँग पुर्याउने छौँ।’
सँस्थाले कार्यशाला मात्रै नभइ विभिन्न खालका तालिमहरू, सचेतनाका कुराहरू अनलाइन अफलाइन दुवै माध्यमबाट गर्ने गरेको छ।
सँस्थाले यही कार्यक्रममार्फत सुरुको एक वर्षमा बागमती गण्डकी र कोशी प्रदेशका ७ जिल्लाका १४ विभिन्न स्कुलहरुमा सचेतनाका तालीम र कार्यक्रमहरू गर्दैछ।
प्रत्येक स्कुलमा अभिभावक विद्यार्थी र शिक्षक सँग पटकपटक गएर कार्यशाला गर्दा स्कुलको सङ्ख्यामा थोरै देखिएको स्पष्ट पारे। आफूहरूले तालिमममा राखेका कुराहरू बालबालिकाहरूले कति सिके र लागू गरे भनेर ३ चरणमा मूल्याङ्कन गर्ने उनले बताए
त्यतीमात्रै नभइ सँस्थाले सोसल मिडिया टिकटकको माध्यमबाट सचेतना फैलाउने काम गरेको छ।
डिजीटल सुरक्षा कायमा गर्नका लागि टिकटकमा कम्युनिटी गाइडलाइन , रिक्वारमेन्ट र मिनिमम उमेरको सेक्सन रहेपनि नेपालमा त्यसकी नीति नभएको उनले बताए।
उनले भने, ‘ डिजिटल सुरक्षा कायमा गर्नका लागि टिकटकमा कम्युनिटी गाइडलाइन , रिक्वारमेन्ट र मिनिमम उमेरको सेक्सन छ। जहाँ १३ वर्षभन्दा मुनिकोले टिकटकमा एकाउन्ट खोल्न मिल्दैन १६ वर्षभन्दा मुनिकाले मेसेज पठाउन मिल्दैन र १८ वर्षभन्दा मुनिकाले लाइभबस्न मिल्दै। तर हामीकहाँ बुझेर नबुझेर कति पालना भएको छ। त्यो कुरालाइ बुझाउने र नियमन गर्नका लागि पनि काम गर्छौँ।’
टिकटकमा कसैले कसैलाई दुर्व्यवहार गरेको भए त्यसलाई रिपोर्ट गर्न मिल्ने गरी टिकटकमा कम्युनिटी पार्टनर च्यानल बन्न लागेको र त्यसको पनि उक्त सँस्था पार्टनर रहेको उनले जनाए।
यस्ता कार्यक्रमहरू सँस्थाले ४० भन्दा बढी जिल्लामा गरिसकेको छ।आफूहरुले तालीम सञ्चालन गरिसकेपछि बाबालिका तथा अभिभावहरुले साइबर ब्यूरो, हेल्प लाइन लगायतमा रीपोर्ट गर्ने संख्या बढेको उनले बताए।
सँस्थाले अनलाईनबाट बाल योन शोषण हुने गरेकाले उक्त कुरा रोक्नका लागि फेसबुकसँग पनि सहकार्य गर्ने जनाएको छ। सरकारले ट्राफीक व्यबस्थापनका लागि लाइसेन्स लगायतका व्यबस्था गरेजस्तै इन्टरनेट सुरक्षित बनाउनका लागि केही नीति बनाउन पर्ने उनको सुझाब छ।
इन्टरनेट सुरक्षित बारे बालबालिका तथा युवालाई छीटो ज्ञान दिनका लागि पाठ्यक्रममा उक्त विषय समेटीनुपर्ने उनले बताए।
टिकटकले दिएको जानकारीअनुसार टिकटकमा एक दिनमा २० करोड्भन्दा बढी भिडियो अप्लोड हुने गर्छन भने टिकटकले फिल्टर गरेर २० लाख भिडियो हटाउने गर्छ। हाल टिकटकका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन्।टिकटकले कन्टेन मोडरेसन को लागि ४० हजार कर्मचारी राखेको छ भने एआइको माध्यमबाट पनि कन्टेन मोडरेसन गर्ने गर्छ।