अर्जुनधारा धामको बार्षिक अनुष्ठान आजदेखि, उद्घाटनका लागि कालिबाबा र प्रियाचार्य अर्जुनधारामा

अर्जुनधारा धामको बार्षिक अनुष्ठान आजदेखि, उद्घाटनका लागि कालिबाबा र प्रियाचार्य अर्जुनधारामा
+
-

झापा- पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धामको ४२ औं बार्षिक अनुष्ठानको शनिवार (आज) उद्घाटन हुँदैछ।

अनुष्ठान उद्घाटनका लागि विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र मंगलधाम कालिम्पोङका धर्मगुरु मोहन प्रियाचार्य अर्जुनधारा आइपुगेका छन्।

बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको धाम समितिले जनाएको छ ।

आज ११ बजे कलस यात्रा र त्यसपछि औपचारिक उद्घाटन समारोह हुने धाम समितिले जनाएको छ।

धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आगामी मंसिर १५ गतेसम्म महायज्ञ हुनेछ।

विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी पाँच लाख भन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ । धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी समितिका महासचिव शिवलाल खतिवडाले जानकारी दिए ।

मूल मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि निर्माण गरिएको छ।

अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?