मह बेचेर मनग्य आम्दानी

मह बेचेर मनग्य आम्दानी
+
-

मुगु–  छायाँनाथरारा नगरपालिका– लिउडी गाउँका बासिन्दा रूपबहादुर सेजुवालले पुर्ख्याैली पेसालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।

रूपबहादुरले आफ्ना बाबुले थालेको मौरीपालन पेशालाई आधुनिक स्वरूप नदिई पुरानै परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेका छन्।

रूपबहादुरका अनुसार, उनी कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक सहयोग वा प्राविधिक समर्थन नपाएर पनि मौरीपालनलाई निरन्तर अगाडि बढाइरहेका छन्। उनले भने, ‘बाबुको सीप र क्षमताको प्रयोग गरेर व्यवसायलाई साकार पारेको छु। म आफैंले यस पेशालाई निरन्तरता दिएको हुँ, तर कुनै निकायबाट सहयोग नपाउनु दुःखद् छ।’

परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका ग्राहकहरूले निकै रुचाएका छन्। ग्राहकहरू मह किन्नका लागि रूपबहादुरको घरमै आइपुग्ने गरेका छन्। ‘मेरो महका लागि ग्राहकहरू टाढाबाट पनि आउने गर्दछन् र बर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु त्यसैबाट घरका दशजनाको परिवारको खर्च ब्यबस्थापन गरेको छु’. उनले थपे।

सदरमुकामबाट टाढा अवस्थित उच्च हिमाली बस्ती लिउडी गाउँमा रहेका रूपबहादुरका लागि यो पेशा केवल आम्दानीको स्रोत मात्र नभई पुख्र्यौली संस्कृतिको एक नमुना पनि बनेको छ। परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उनका बुबाले गरेका थिए, जसलाई अहिले रूपबहादुरले निरन्तरता दिँदै आएका छन्।

बिकट बस्तीको कठिनाइका बाबजुद पनि रूपबहादुरको व्यावसायिक उत्साह र परिश्रमले गाउँमा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?