सरकारले गढीमाई मन्दिर विकासका लागि पहल गर्छः मन्त्री चौरसिया

सरकारले गढीमाई मन्दिर विकासका लागि पहल गर्छः मन्त्री चौरसिया
+
-

वीरगञ्ज – कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सरकारले गढीमाई मन्दिर विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिरको दर्शन तथा मेला अवलोकनका क्रममा उनले मेला  व्यवस्थापनबारे समेत चासो राखेका थिए।

उनले पाँच बर्षमा एक पटक लाग्दै आएको गढीमाई मेलामा आएपछि सबैको मनोकामना पूरा हुँदै आएको जानकारी दिए। उनले मेलामा सरकारको पूर्ण सहयोग रहेको भन्दै मेलाका लागि सरकार र महागढीमाई नगरपालिकाका मेयर,कार्यपालिका सदस्यलगायत सबैले मेला व्यवस्थित ढ‌ंगले लगाउने प्रयास गरिरहेको दाबी गरे।

गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन प्रयास गरिने बताउँदै मन्त्री चौरसियाले मन्दिरको विकासको लागि सरकारबाट जे जे गर्न सकिन्छ त्यो सबै पहल गरिने जानकारी दिए। मन्दिर क्षेत्रमा अझै एउटा धर्मशालाको आवश्यकता रहेको भन्दै बृहतर गढीमाई विकास समिति गठन गरेर मन्दिरको विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए।

आफू बच्चा भएको बेला नै टायर गाडामा बसेर बाजेको साथमा गढीमाईमा आएर एक रात बास बसेको  स्मरण गर्दै मन्त्री चौरसियाले गढीमाईको मन्दिर विकासका लागि सरकारले बजेट व्यवस्था गर्नुपर्ने जिकिर गरे।

गढीमाई मेला मंसिर १ गतेदेखि लागेको छ।  अहिले दैनिक रुपमा नेपाल तथा भारतबाट आएका भक्तजनले गढीमाईको दर्शनका साथै मेला अवलोकन गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?