सिम्रोनगढको पलकिया माई मन्दिर क्षेत्रमा पुरातत्व विभागद्वारा उत्खनन

सिम्रोनगढको पलकिया माई मन्दिर क्षेत्रमा पुरातत्व विभागद्वारा उत्खनन
+
-

वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकास्थित नेपाल पुरातत्व बिभागको टोलीले मंसिर ६ गतेदेखि सिम्रौनगढ नगरपालिका –४ को पलकियामाई मन्दिर क्षेत्रमा उत्खन्न कार्य गरिरहेको छ।

नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत पुरातत्व बिभागबाट पुरातत्व विज्ञ देवेन्द्र नाथ तिवारी, पुरातत्व अधिकृत हरि प्रसाद भुसाल र छविकार नर्मदा श्रेष्ठ उत्खन्न टोलीमा सहभागी रहेका छन्। उक्त टोलीले २१ दिनसम्म सो क्षेत्रमा उत्खन्न कार्य गर्नेछ। अहिले उत्खन्न भईरहेको क्षेत्रलाई तुलजा भवानी तथा बक्सा क्षेत्र भनेर पनि चिनिन्छ।उत्खन्न भईरहेको क्षेत्रमा ऐतिहासिक बक्सा रहेकोले सो क्षेत्रलाई बक्सा क्षेत्र भनेर चिनिएको हो।

उत्खन्न भईरहेको ठाउँमा जमिन मुनि केही सँरचनाहरु रहेको जानकारी अनुसार उक्त सँरचना कुन कालको हो भन्ने पता लगाउन बिभागबाट टोली खटेको पुरातत्व बिभागका प्रबक्ता राम बहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार उत्खन्न भईरहेको एरियामा प्राचिन महत्वका बस्तुहरु भेटिने अनुमान गरिएको छ।साथै ऐतिहासिक पलकियामाई क्षेत्रको नजिकै अर्को सँरचना बनाउन थालिएकाले बिभागले तत्काल त्यहाँ सँरचना बनाउन पनि रोक लगाएको कुँवरले बताए।

अहिलेसम्मको उत्खन्नको क्रममा पलकिया माई परिसरमा पुराना ईट्टाले छोपेको आँगन सँरचना भेटिएको टोलमिा सहभागी पुरातत्वविद देवेन्द्रनाथ तिवारीले जानकारी दिए।

पुराना ईटा र ढुँगाले बनेको फल्याट सोलिङ सँरचना भेटिएको तर उक्त सँरचना के हो भन्ने बारेमा पछि बिस्तृत खुल्ने उनले बताए।

त्यस क्षेत्रमा दुई ढुंगाले बनेको संरचना पनि सतहमा देखा परेको छ भने परिसरको उच्च भागमा विभिन्न किसिमका पुराना ईट्टा र त्यसका टुक्रालगायत बस्तुहरु बिभागको उत्खन्न टोलीले भेटाएको छ।

टोलीले उत्खन्न गरिरहेको पलकिया माई क्षेत्रलाई जिओ फिजिक्स सर्वेक्षणले महत्वपूर्ण साइटको रूपमा पहिचान गरेको छ। ऐतिहासिक तथा धार्मिक स्थल सिम्रौनगढमा यसअघि पनि प्राचिनकालका म्र्तिहरु विभिन्न किसिमका सँरचना,गर गहना,प्राचिन ढुँगा तथा बस्तुहरु फेला पर्दै आएको छ। त्यहाँ विभिन्न क्षेत्रमा यस्ता बस्तु जमिनमुनि रहेको स्थानीय बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?