खच्चड व्यवसाय संकटमा

खच्चड व्यवसाय संकटमा
+
-

मुगु – मुगु लगायत साबिक कर्णालीका जिल्लामा खच्चड ब्यबसाय संकटमा परेको छ। केही वर्षपहिले खच्चडमार्फत गाउँगाउँमा खाद्यदेखि निर्माण सामग्रीसम्म ढुवानी गर्ने यातायातको भरपर्दो माध्यम बनेको थियो। तर, आधुनिक यातायातका साधनको विकास र सडकनिर्माणसँगै खच्चडले सामान ढुवानीको काम नपाएपछि खच्चड ब्यबसाय संकटमा परेको हो।

विशेष गरी विकास निर्माणका काममा बालुवा, ढुङ्गा, काठ, र निर्माण सामग्रीका साथै गाउँ,गाउँमा खाध्यान्न ढुवानी गर्न खच्चडलाई प्रयोग गरिन्थ्यो। तर, पछिल्ला समयमा छिटफुट ठाउँमा बाहेक सबै स्थानमा सडक सन्जाल जोडिए पछि खच्चड ब्यबसाय नै हराएको छ।

खच्चड पालेर जीविकोपार्जन गरिरहेका स्थानीयहरूलाई अहिले आर्थिक कठिनाइको सामना गर्नु परेको छ। सडक र यातायातका साधनहरू गाउँगाउँसम्म पुगेपछि खच्चडहरूको माग घटेको छ, जसका कारण स्थानीयहरूले वैकल्पिक पेशा खोज्नुपर्ने बाध्यता आएको छ।

सडक सञ्जाल र यातायातको विकासले गाउँको आर्थिक गतिविधिमा सुधार ल्याएको भए पनि खच्चड व्यवसायमा आश्रित व्यक्तिहरूका लागि यो ठूलो चुनौती बनेको छ। गाउँका केही खच्चड व्यवसायीहरू अहिले वैकल्पिक आयस्रोतको खोजीमा छन् भने केहीले आफ्ना खच्चड बेच्न बाध्य भएका छन्।

खच्चड व्यवसायमा आश्रित घर परिवारहरू पुनःस्थापना रोजगारीको लागि अधिकांस घरपरिवार भारत लगायतका देशमा पलायन हुन बाध्य भएका छन्।

ब्यक्तिका घर लगाउन देखि बालुवा, गिट्टी, ढुङ्गा, काठ, र दुरगम गमउत्र बस्तीहरूमा निर्माण सामागी र खाध्यान्न ढुवानी गरेर लाखौ रूपयाँ आम्दानी गर्दै आएका खच्चड ब्यबसायीहरू आफुहरूलाई पुनस्थापनाका लागि सरकारले ठोस नीति ल्याउन माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?