विद्युत सेवा अनियमित हुँदा स्थानीयलाई सास्ती

विद्युत सेवा अनियमित हुँदा स्थानीयलाई सास्ती
+
-

गमगढी — मुगु जिल्लाको सदरमुकाम गमगढी र छायाँनाथ रारा नगरपालिकाका १ देखि १४ वडासम्मका गरी ३,२०० घरधुरीमा विद्युत सेवा अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ।

नेपाल विद्युत प्राधिकरण मुगुका प्रमुख साजन ऐडीका अनुसार हाल बाँकेको कोहलपुरदेखि कालिकोटसम्म ३३ केभी क्षमताको विद्युत प्रसारण भइरहेको छ। तर, कालिकोटदेखि मुगुसम्म ११ केभी क्षमताको लाइन मात्रै भएकाले जाडो मौसममा बढ्दो विद्युत खपतका कारण दैनिक लोडसेडिङ गर्नुपर्ने अवस्था आएको हो।

लोडसेडिङका कारण सरकारी कार्यालय, बजार, गाउँ तथा बस्तीमा सामान्य कामकाज समेत प्रभावित भएका छन्। साना विद्युतीय उपकरण प्रयोग गर्न समस्या भइरहेको छ, जसले गर्दा स्थानीयको जनजीवन झन् कष्टकर बनेको छ।

प्रमुख ऐडीका अनुसार सुर्खेतमा निर्माणाधीन सबस्टेशन पूरा भएपछि मात्रै यो समस्या समाधान हुनेछ। तर, यो प्रक्रियामा केही समय लाग्ने भएकाले तत्कालका लागि लोडसेडिङको समस्या सहनुपर्ने स्थिति छ। २०८० भदौमा राष्ट्रिय प्रसारण लायन पुगेको भए पनि
अनियमित प्रशारणका कारण स्कुले विद्यार्थी साना ब्यबसायी, समेत मारमा पर्दै आएका छन्।

स्थानीयवासीले समस्या समाधानका लागि चाँडै नेपाल सरकारले सम्बन्धित निकाय सँग आबश्यक समन्वय गरोस र छिटो समस्याको समधान गरोस भनी आग्रह समेत गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?