रविलाई बयानका लागि काठमाडौँ ल्याइयो

रविलाई बयानका लागि काठमाडौँ ल्याइयो
+
-

काठमाडौँ – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ विमानमार्फत काठमाडौँ ल्याइएको हो।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि रविसँग बयान लिइँदै छ। उनलाई शुक्रबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि पेश गरिनेछ।

मंसिर ९ गते रविलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो। त्यसलगत्तै मंगलबार बिहान रविलाई काठमाडौँ ल्याउने तयारी गरे पनि काठमाडौँ प्रहरीले ‘होल्ड’ गरेपछि रोकिएको थियो।

यसअघि कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडियाका पूर्वसञ्चालकसमेत पूर्वडीआइजी छविलाल जोशी र पुर्पक्षका लागि कास्की कारागारमा रहेका गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक कुमार रम्तेललाई काठमाडौँ ल्याएर बयान लिइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?