झापामा तयार भयो रुद्राक्षको दानाबाट ५१ फिट अग्लो शिवलिंग

झापामा तयार भयो रुद्राक्षको दानाबाट ५१ फिट अग्लो शिवलिंग
+
-

झापा- झापाको शताक्षीधाममा धार्मिक पर्यटकलाई आकर्षित गर्न नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिंग निर्माण भएको छ।

यो शिवलिंगलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिंग मान्न थालेका छन्। गोलोक गोवर्धन गौशालाले यो शिवलिंग निर्माण गरेको हो।

नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्टोकलगायतका ठाउँबाट रुद्राक्ष संकलन भएको गोवर्धन गौशालाले जनाएको छ।

योसँगै भारतकै मणिपुर र आसाम राज्यबाट पनि रुद्राक्ष संकलन भएको छ । गौशालाका अनुसार भुटान, बर्मालगायतका मुलुकबाट पनि रुद्राक्ष संकलन भएर आएको थियो ।

गएको असार ३ गते अर्थात् असारको निर्जला एकादशीका दिनदेखि निर्माण सुरु भएको यो शिवलिंग १५१ दिनमै निर्माण भइसकेको बताइएको छ ।

गौशालाका अनुसार मंसिर १७ गते यो शिवलिंगको भव्य धार्मिक सभाका बीच उद्घाटन हुनेछ । उद्घाटनका लागि नेपाल भारतलगायत अन्य मुलुकका सयौं धार्मिक व्यक्तित्वको शताक्षीधाम क्षेत्रमा आवागमन हुन थालेको छ।

गौशालाले दिएको जानकारी अनुसार शताक्षीधाम परिसरमा निर्माण भएको ऐतिहासिक शिवलिंगको चतरा धामका पीठाधीश बालसन्त मोहनशरण देवाचार्यले अनावरण गर्ने कार्यक्रम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?