उप-निर्वाचनका लागि रौतहटमा आजदेखि सीमानाका बन्द हुने, मदिरा बिक्रीमा रोक

उप-निर्वाचनका लागि रौतहटमा आजदेखि सीमानाका बन्द हुने, मदिरा बिक्रीमा रोक
+
-

वीरगञ्ज- यहीँ मंसिर १६ गते आइतबार हुन गइरहेको उप-निर्वाचनको लागि रौतहटमा आज रातिदेखि सीमानाका बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका स्थानीय तहमा हुन गइरहेको उप-निर्वाचनको लागि भारतसँग जोडिएको सीमानाका बन्द हुने जानकारी दिएको छ ।

निर्वाचनलाई स्वतन्त्र,निश्पक्ष एवम् भयरहित सम्पन्न गर्नको लागि भारतसँग सीमा जोडिएका रौतहटका लमतरी, मठिया, महुलिया, मनमोहन गेट, बन्जराहा, जयनगर र बरवा नाकाहरू आज राति १२ बजेदेखि आइतबार साझ पाँच बजेसम्मको लागि बन्द रहने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

मंसिर १६ गते आइतबार रौतहटको राजपुर नगरपालिका- ६, इशनाथ नगरपालिका-७ र गढिमाइ नगरपालिका-८ मा वडाध्यक्षको लागि उप-निर्वाचन हुँदैछ ।

साथै उप-निर्वाचनको लागि भोलि मङ्सिर १५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि मदिराको बिक्री वितरणमा एवम् सेवनमा समेत जिल्ला प्रशासनले रोक लगाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?