रारा राष्ट्रिय निकुञ्जमा अपराध नियन्त्रणका लागि अन्तरक्रिया

रारा राष्ट्रिय निकुञ्जमा अपराध नियन्त्रणका लागि अन्तरक्रिया
+
-

मुगु – रारा राष्टिय निकुञ्जले जिल्लामा कार्यरत क्रियाशील पत्रकारहरूसँग शनिवार एकदिने अन्तरक्रिया कार्यक्रमआयोजना गरेको छ।

रारा राष्ट्रिय निकुञ्जमा हुने विभिन्न आपराधिक गतिबिधिमा कमी ल्याई राष्टिय निकुन्जको प्राकृतिक वातावरणलाई सुन्दर र हराभरा बनाउन टेवा पुग्ने उद्देश्यसाथ एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।

निकुन्ज र सुरक्षाकर्मीको आँखा छली हुने चोरी शिकार,जडीबुटी संकलन लगायत खुल्ला चरिचरन,काठ, दाउरालगायत निकुञ्जमा हुने बिभिन्न कानुनले बन्देज गरेका गतिबिधितर्फ निकुञ्जको ध्यानाकर्षण भएको र निकुञ्जको प्राकृतिक तथा जैबिक वातावरणलाई जगाउन कडाइसाथ अनुगमन र संरक्षणमा आफूहरू जुटेको रारा राष्टिय निकुञ्ज कार्यालयका बरिष्ट संरक्षण अधिकृत महेश न्याैपानेले बताए।

संरक्षण अधिकृत नौपानेले जैविक विविधताको संरक्षणमा आइरहेका चुनौतीहरूबारे जानकारी गराउँदै चोरी सिकारीको समस्या अझै विद्यमान रहेको बताए। उनले चोरी सिकारी नियन्त्रणका लागि स्थानीय रारा राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दा, समुदाय, सुरक्षाकर्मी, र पत्रकारहरूको सहकार्य अनिवार्य रहेको उल्लेख गरेका थिए ।

हनुमान ध्वज गुल्मका गुल्मपति वसन्तनाथ योगीले निकुञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको जानकारी गराउँदै वन्यजन्तुहरूको सुरक्षामा विशेष ध्यान दिइएको जानकारी दिए।

नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले संरक्षणका प्रयासमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

नेपाल पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष विनोद कुमार मल्लले पर्यटन प्रवर्द्धनमा संरक्षणको भूमिकाबारे आफ्नो धारणा राख्दै पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएकोप्रति चिन्ता व्यक्त गरे। उनले निकुञ्जको जैविक विविधता र प्राकृतिक सुन्दरताको सही संरक्षण भएमा पर्यटकको आकर्षण पुनः बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा चोरी सिकार नियन्त्रण, पर्यावरणीय सुरक्षा, र पर्यटक आकर्षणका विभिन्न पहलबारे छलफल गरिएको थियो। सहभागी सन्चारकर्मीहरूले निकुञ्जभित्र हुने अवैध गतिविधि रोक्न सुरक्षा सतर्कता र सामुदायिक सहभागिता अझ बढाउन आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

रारा तालको प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षणमा सबै पक्षको सहकार्यले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’