
काठमाडौँ- नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजविरुद्ध तेस्रो सफलता पाएको छ ।
सोमबार बिहान टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको चितवनले तेस्रो विकेटका रूपमा काठमाडौँका जेरार्ड इरासमसलाई आउट गरेको हो।
दोस्रो विकेट माइकल लेभिटलाई चितवनले आउट गरेको हो।
चितवनमा मार्की खेलाडी कुशल मल्लले चौथो ओभरको पाँचौं बलमा तेस्रो विकेट लिएका हुन्।
शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।