चिसो बढेसँगै सुनसान राराः पर्यटन व्यवसायी मर्कामा

चिसो बढेसँगै सुनसान राराः पर्यटन व्यवसायी मर्कामा
+
-

मुगु –  हिमाली क्षेत्रको चिसो बढेसँगै नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल सुनसान बन्न थालेको छ। चिसोका कारण पर्यटकको आगमन घट्न थालेपछि रारा क्षेत्रका होटेल र आसपासका रमणिय ठाउँहरू सुनसानजस्तै बनेका छन्।

हिउँद लागे सँगै पर्यटकहरू दिन प्रतिदिन घट्दै गएपछि राराका पर्यटन ब्यबसायीहरू हाल फुर्सदिला भएका छन्। दिनभर घाम तापेर बस्नुको बिकल्प नरहेको रारा सल्लेरीका पर्यटन ब्यबसायी शैलेन्द्र बमले बताए।

ब्यबसायी बमका अनुसार पर्यटकहरूले चिसोमा खासै डराउनु पर्दैनू होटेलमा क्यामफायर , ब्यबस्थित कोठाहरू हुँदा फाटफुट रूपमा आएका पर्यटकहरूले बाहिरी वातावरणमा बिहान बेलुका अत्यधिक चिसो हुने भएपनि होटेलको उचित ब्यबस्थापनले सोचे जस्तो चिसोको महशुस नहुने र खासै चिसोमा रारा घुम्न आउन डराउनु नपर्ने कुरा पर्यटकहरूले आफुलाई बताउने गरेका छन्।

जाडो सिजनमा यहाँका होटेलहरूमा आगो ताप्नको लागि क्याम्फायर कोठाहरू ब्यबस्थित, हुने भएकाले पनि खासै हिँउदमा पनि रारा आउन कोही कसैले डराउनु पर्दैन’ बमले भने।

रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश नौंपानेका अनुसार चिसो मौसममा यहाँ आउने पर्यटकहरूको संख्या गत वर्षको तुलनामा निकै घटेको छ। ूयस वर्ष चिसो चाँडै बढेकाले पर्यटक आगमनमा गिरावट आएको हो ‘नौंपानेले बताए। पर्यटकको आवागमनमा गिरावट आएपछि राजस्व संकलनमा समेत घाटा लागेको समेत बताईएको छ।

सरकारले चिसोमा समेत पर्यटक आकर्षित गर्नका लागि पूर्वाधार विकास र प्रचार९प्रसारलाई थप प्राथमिकता दिनुपर्ने आवाज स्थानीय व्यवसायीहरूबाट उठेको छ। चिसोका बाबजुद पनि राराको प्राकृतिक सौन्दर्यलाई अनुभव गर्न केही साहसी पर्यटक भने फाटफुट रूपमा आइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?