
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा सुदुरपश्चिमलाई प्रारम्भिक झट्का लागेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ४२ रन जोड्दा आफ्ना ओपनिङ जोडी सहित ३ विकेट गुमाएको छ।
विराटनगरले सुदुरपश्चिमले १३ रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर अमित साहालाई १ रनमा पेभिलियन पठाएको थियो।
विराटनगरका इस्मात अलामले पहिलो विकेट लिएका थिए। दोस्रो विकेटका रुपमा अर्का ओपनर विनोद भण्डारी २३ रनमा आउट भए। उनले २० बल खेल्दै ४ चौकाको सहयोगमा २३ रन बनाएका थिए।
उनलाई स्पिनर अनिल खरेलले आउट गरे। त्यसपछि क्रिजमा आएका आरिफ शेख पनि ९ रनमा आउट भए।
उनलाई बसिर अहमेदले किर्टनद्वारा सानदार क्याचआउट गराए। अहिले क्रिजमा ब्रान्डन म्याकमुलन र सइफ जाइब रहेका छन्।