
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा सुदूरपश्चिम ब्याटिङका लागि संघर्षरत देखिएको छ।
सुदुरपश्चिमले ८९ रन जोड्दा आफ्ना महत्वपूर्ण ५ विकेट गुमाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ३६ रन बनाएर क्रिजमा टिकेका ब्रान्डन म्याकमुलन आउट भएसँगै अहिले क्रिजमा कप्तान दिपेन्द्र सिंह ऐरी आएका छन्।
सुदूरपश्चिमका अमित श्रेष्ठ १ रनमा आउट हुँदा विनोद भण्डारी २३ रनमा पेभिलियन फर्किएका थिए।
त्यस्तै आरिफ शेख ९ रनमा आउट हुँदा साइफ जइब १४ रनमा पेभिलियन फर्किए। विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिंदा इस्मात अली र बसिर अहमदले समान १-१ विकेट लिए।