
अ
+
अ
अ
-
नेपाल प्रिमियर लिग अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १ सय ३५ रन जोड्दा ६ विकेट गुमाएको छ।
४६ रन जोड्दा ३ विकेट गुमाएको चितवनले त्यसपछि चौंथो विकेटका लागि केही राम्रो साझेदारी गर्यो।
कुशल मल्ल र रभि बोपराले ६८ रनको साझेदारी गरेपछि चितवन राम्रो अवस्थाम पुगेको थियो। तर कुशल आउट भएपछि पुन चितवन दबाबमा परेको छ।
३८ रनमा कुशल मल्ल आउट हुँदा रभी बोपराले ५१ रनको अर्धशतकीय इनिङ खेलेर आउट भए। अहिले क्रिजमा सन्तोष कार्की र सरद भेषवाकर रहेका छन्।
बोपरापछि क्रिजमा आएका सोहील तनवीर शुन्य रनमा पेभिलियन फर्किएका थिए। पोखराका लागि विपिन खत्री र बास डी लिडले २-२ विकेट लिंदा सागर ढकाल र रमनोन रिलाइफरले १-१ विकेट लिए।