
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले बिराटनगर किंग्सविरुद्ध राम्रो सुरुवात गरेको छ।
उसले ७.२ ओभरमा दोस्रो विकेटका रुपमा अर्जुन साउदलाई १७ रनमा गुमायो। त्यसअघि ओपनर आसुतोष घिरैयालाई १५ रनमा गुमाएको थियो।
सानदार ब्याटिङ गरेको लुम्बिनीका लागि अहिले क्रिजमा कप्तान रोहित पौडेल १५ रनमा अविजित रहँदा टम मुर्स क्रिजमा आएका छन्।
विराटनगरका लागि इस्मात आलमले एक विकेट लिए। त्यसअघि पहिलो विकेट भने रनआउटका रुपमा विराटनगरले प्राप्त गरेको थियो।
अहिले बिराटनगर ७ ओभरको समाप्तीमा ७१ रन बनाएर खेलिरहेको छ।