
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले ५१ रन जोड्दा २ विकेट गुमाएको छ।
पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको पोखराले दोस्रो विकेट ५ रन जोड्दा गुमाएको हो। पहलो विकेटका रुपमा आन्द्रेस गौस १२ बलमा २५ रन बनाएर आउट हुँदा दोस्रो विकेटका रुपमा दिनेश खरेल २६ रनमा आउट भए।
दुबै ओपनर आउट भएसँगै अहिले क्रिजमा कप्तान शुशल भुर्तेल र रेमन रेइफर आएका छन्। कर्णालीका लागि विपिन शर्मा र युनिस ठकुरीले समान १-१ विकेट्ट लिएका हुन्।