
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखराले ८९ रन जोड्दा ६ विकेट गुमाएको छ।
पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको पोखराले दोस्रो विकेट ५१ रन जोड्दा गुमाएको थियो। ९.५ ओभरमा ७४ रन जोड्दा तेस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमाएको पोखराले त्यसपछि पनि लगातार विकेट गुमाइरहेको छ।
त्यसपछि ८१ रन जोड्दा चौथो र ८७ रन बनाउँदा पाँचौ विकेट गुमाएको हो। त्यस्तै ८९ मा छैटौं विकेट गुमाएको उसले ९१ रन जोड्दा ७ विकेट गुमायो। पहिलो विकेटका रुपमा आन्द्रेस गौसलाई २५ रनमा गुमाएको पोखराले दोस्रो विकेटका रुपमा दिनेश खरेललाई गुमाएको थियो।
उसले तेस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई १० रनमा गुमाएको उसले चौंथो विकेट म्याच क्रिच्लीको नाममा गुमाउँदा पाँचौ विकेट दिलिप नाथका रुपमा गुमायो। छैटौं विकेट भने माइकल लिस्कका नाममा गुमायो। अहिले क्रिजमा रेमन रेइफर रहेका छ्न। कप्तान भुर्तेल आफ्नो लगातार तेस्रो इनिङमा चल्न असफल भए। पहिलो इनिङमा चितवन विरुद्ध शुन्य रनमा आउट भएका भुर्तेल दोस्रो इनिङमा जनकपुर विरुद्ध ६ रनमा आउट भएका थिए।
तेस्रो खेलमा लुम्बिनीलाई १० विकेटले हराउँदा उनी क्रिजमानै आउनु परेको थिएन। तर चौथो खेलमा क्रिजमा आएका उनी आज १० रनमा आउट भए। उनले जारी सिजन कुल १७ रन बनाउँदा १ विकेट लिएका छन्। कप्तान चल्न नसकेको खेलमा पोखराका लागि कुनैपनि खेलाडी चल्न सकिरहेका छैनन्। कर्णालीका लागि विलियम बोसिस्टोले ५ विकेट लिंदा युनिस ठकुरी र वपिन शर्माले १-१ विकेट लिए।