
अ
+
अ
अ
-
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखरा १ सय ३ रनमा अलआउट भएको छ।
यो सँगै कर्णालीले केबल १ सय ४ रनको लक्ष्य प्राप्त गर्न सफल भयो। पोखरालाई धारासायि बनाउन विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए।
बोसिस्टो जारी एनपिएलको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने। बोसिस्टोको घातक बलिङमा पोखराको मध्य र पछिल्लो क्रम धारासायि बनेको थियो।
पोखरा १६.३ ओभरमा १०३ रन जोड्दा अलआउट भयो। पोखराले ५२ रन जोड्दा ९ विकेट गुमाएको थियो। पोखराका लागि दिनेश खरेलले २६ रन बनाउनु सर्वाधिक रह्यो।
त्यस्तै आन्द्रेस गौसले २५ रन बनाउँदा रेमन रेफरले २० रन बनाए। त्यस्तै कुशल भुर्तेलले १० रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा १० रन बनाएर रनआउट भएका थिए। पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भएको थियो।
कर्णालीका लागि बोसिस्टोले ४ ओभर बलिङ गर्दै २८ रन दिएर ६ विकेट लिंदा सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान १-१ विकेट लिएका थिए।