नेपाल स्वास्थ्य व्यवसायी महासंघकाे अध्यक्षमा कैलास खड्का

नेपाल स्वास्थ्य व्यवसायी महासंघकाे अध्यक्षमा कैलास खड्का
+
-

काठमाडौँ- नेपाल स्वास्थ्य व्यवसायी महासंघकाे अध्यक्षमा कैलास खड्का सर्वसम्मत चयन भएका छन्। उक्त संस्था वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन हाे।

महासंघको सोमबार काठमाडौँमा भएकाे १९ औं महाधिवेशनले कैलास खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन्।

त्यस्तै केन्द्रीय सदस्यहरुमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन्।

महाधिवेशनको बन्दसत्रमा पेश गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएकाे थियाे।

महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरीयलाई सुनिश्चित गर्न गन्तव्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परिक्षण सम्बन्धी लिइएको नीति, ऐन, नियमावलीकार्यविधिलाई पूर्णरुपमा पालना गर्ने निर्णय गरेको छ। 

महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परीक्षणमा ध्यान दिइएको बताए।

‘श्रमिकको गुणस्तरीय स्वास्थ्य परिक्षणलाई सुनिश्चित गर्दै श्रमिकको स्वास्थ्य विवरणलाई डिजिटलाइज गर्ने योजनामा सरकार छ,’ उनले भने,‘सरकारबाट सूचीकृत भएका स्वास्थ्य संस्थाहरू सम्बन्धीत देश मार्फत छनौट भएका तथा नभएकालाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार स्तरीकृत गरि सबै देशको लागि एकरूपता बनाउन सरकारले एकद्वार प्रणाली बनाइनेछ।’

नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए।

महाधिवेशनमा श्रम क्षेत्रमा निरन्तर रिपोटिङ गर्ने विभिन्न पत्रकारहरूलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएकाे थियाे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?