
अ
+
अ
अ
-
१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले खराब सुरुवात गरेको छ।
१५ रन जोड्दा ३ विकेट गुमाएको हो। दिपेश कँडेलले एकै ओभरमा दुई विकेट लिएपछि लुम्बिनीले ८ रन जोड्दा दुई ओपनर गुमाएको छ।
३.२ ओभरमा आषुतोष घिरैयालाई ४ रनमा गुमाएको लुम्बिनीले अर्जुन साउदलाई ३.६ ओभरमा गुमायो। दुबै विकेट दिपेश कँडेलले लिए।
अर्को ओभरमा गेर्हार्ड एरासमसले टोम मोर्सलाई शुन्य रनमा पेभिलियन पठाए। यो सँगै ५ ओभरको समाप्तीमा लुम्बिनीले १५ रन बनाउँदा ३ विकेट गुमाएको छ।