काठमान्डुसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी

काठमान्डुसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो लुम्बिनी
+
-

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।

‘प्लेअफ’ का लागि गणितीय सम्भावना कायम राख्न पनि जित्नै पर्ने दबाब रहेको खेलमा लुम्बिनी काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो।

चौथो खेलमा दोस्रो जित निकालेको काठमान्डुले भने प्लेअफ सम्भावना कायम राखेको छ।

लो- स्कोरिङ टोटल जोगाएको काठमान्डुले १०३ रनको सामान्य स्कोर बचाउन सफल भयो। लुम्बिनी भने छैटौ खेलमा पाँचौ हार भोग्दै प्रतियोगिताबाट बाहिरियो।

१ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अलआउट भएको थियो। उसका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

लुम्बिनीका सन्दीप जोराको २६ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। थप दोहोरो स्कोरका रुपमा उन्मुक्त चन्दले १४ रन बनाए भने सुर्य तामाङले ११ रन बनाएका थिए।

उसका ब्याटरहरु आसुतोष घिरैया ४ रनमा आउट हुँदा अर्जुन साउद ३ रनमा पेभिलियन फर्किए। त्यस्तै चन्द १४ रनमा आउट हुँदा टोम मर्स ६ रनमा र रोहित पौडेल ८ रनमा आउट भए। त्यस्तै साद विन जफर शुन्य रनमा आउट हुँदा विवेक यादव २ रनमा पेभिलियन फर्किए। काठमान्डुका लागि करण केसीले ४ ओभर बलिङ गर्दै १६ रन दिएर ४ विकेट लिए।

त्यस्तै दिपेश कँडेलले ४ ओभर बलिङ गर्दै ६ रन दिएर महत्वपूर्ण ३ विकेट लिएका थिए। त्यस्तै काठमान्डुका गेर्हार्ड एरासमसको नाममा २ विकेट रह्यो। अर्को एक विकेट रसिद खानले लिए। त्यसअघि पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनायो। काठमान्डुका लागि भिम सार्कीले ३१ रन बनाउनु सर्वाधिक रह्यो।

उनी बाहेक डन डौटवाइटले २१ रन बनाउँदा स्टेफन एस्कीनाजीले १३ रन बनाएका थिए। त्यस्तै प्रतिक श्रेष्ठले २० रनको स्कोर बनाए। काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा सादबिन जफरले ३ विकेट लिंदा रमोन सिमोन्ड्स र अभिषेक गौतमले २-२ विकेट लिए। त्यस्तै सुर्य तामाङ र विवेक यादवले १-१ विकेट लिएका थिए।-

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?