
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ४७ रन जोड्दा आफ्ना शीर्ष क्रमका ४ खेलाडी गुमाएको छ।
पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे पनि त्यसयता विकेट पतन जारी छ। कर्णालीका लागि बाबर हायतले २० रन बनाउनु सर्वाधिक रहेको छ। उनी बाहेक देव खनाल ३ रनमा आउट हुँदा चाविक वाल्टन चौंथो विकेटका रुपमा १३ रनमा पेभिलियन फर्किए।
उनी अघि गुल्सन झा ८ रनमा आउट भएका थिए। अहिले क्रिजमा विलियम बोसिस्टो र अर्जुन घर्ती क्रिजमा रहेका छन्।
अहिले कर्णालीले ११ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५१ रन बनाएको छ।