
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो।
विराटनगरका लागि बसिर अहमदले ६८, मार्टिन गुप्टिल ४५ र राजेश पुलामीले रन ३३ बनाए पनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। विराटनगरका लोकेश बम र स्कोट इडवार्ड शून्य रनमा आउट हुँदा दिपक बोहोरा ४ र निकोलस किर्टन ८ रनमा आउट भए।
बलिङतर्फ चितवनका रजन ढकालले दुई तथा सोहेल तनवीर, बासिल हमीद र कुशल मल्लले एक–एक विकेट लिए।
जारी प्रतियोगितामा ५ खेलबाट एक जितसहित दुई अंक मात्रै जोडेको विराटनगर अंकतालिकाको पुछारमा छ भने ५ खेलबाट तीन जितसहित ६ अंकको जोडेको चितवन चौथो स्थानमा छ।