‘प्लेअफ’ दौड कायम राख्न जित्नैपर्ने दबाबमा काठमाडौं र पोखरा

‘प्लेअफ’ दौड कायम राख्न जित्नैपर्ने दबाबमा काठमाडौं र पोखरा
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज ‘प्लेअफ’ दौड कायम राख्ने प्रयासमा रहेका दुइ टोली पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाज भिड्दै छन्।

एनपिएलकै मँहगा दुई टोली बिचको यो खेल दुबै टिमका लागि ‘गर या मर’ का रुपमा रहेको छ।

टीयू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने खेलमा जित्ने टिमको प्लेअफको सम्भावना बलियो हुने छ भने पराजित टोलीको ‘प्लेअफ’ सम्भावना कमजोर हुने छ। त्यसैले प्लेअफलाई बलियो बनाउने दौडमा दुबै टोली रहेका छन्।

यी दुई टिममध्ये एक टिमको मात्र ८ अंक सम्भव हुन सक्ने छ। दुवै टिमले समान ५ खेल खेलेका छन् । त्यसमा पनि समान २ जित र ३ हारबाट समान ४ अंक छ। दुवैले एकआपमसा खेलेपछि अन्तिम खेल खेल्न बाँकी नै हुने छ। त्यसैले दुवै टोलीको लक्ष्य आफ्ना बाँकी दुई खेल जित्दै प्लेअफ पुग्ने हो। तर यो सम्भाना कम्तिमा एक टिमका लागि आजबाट बन्द हुने छ।

काठमान्डु गुर्खाज

करण केसी (कप्तान), भिम सार्की, शाहब आलम, रसिद खान, शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, दिपेश कँडेल, विवेक केसी, प्रतिक श्रेष्ठ, राजु रिजाल, कृष कार्की, माइकल लेभिट (नेदरल्यान्ड्स), स्टेफन एस्किनाजी (इंग्ल्यान्ड), गेर्राड एरासमस (नामिबिया), डन डाउथवेट (इंग्ल्यान्ड)

पोखरा एभेन्जर्स

कुशल भुर्तेल (कप्तान), सागर ढकाल, आकाश चन्द, सुनम गौतम, दिलिप नाथ, दिनेश खरेल, त्रितराज दास, नारायण जोशी, किरण ठगुन्ना, बिपिन खत्री, अमृत गुरुङ, सुदीप अर्याल, बास डि लिड (नेदरल्यान्ड्स),रेयमन्ड रिफर (वेस्टइन्डिज), म्याट क्रिच्ली (इंग्ल्यान्ड),एन्ड्रीज गउस (अमेरिका), जेन मलिक (इंग्ल्यान्ड) माइकल लीस्क (स्कटल्यान्ड्स)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?