
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबारको दोस्रो खेलमा प्लेअफ पुगिसकेको जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज भिड्दै छ।
टियू मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुने खेलमा चितवन जित निकाल्दै ८ अङ्क बनाएर ‘प्लेअफ’ को बलियो दाबेदार बन्ने लक्ष्यमा छ। जनकपुर भने प्लेअफ पुगिसकेकाले उसको लक्ष्य शीर्ष दुई पुगेर ‘क्वालिफायर’ खेल्नेछ।
जनकपुरले चितवनलाई हराएमा क्वालिफायर पक्का हुने छ। यदि चितवन पराजित भएमा उसको ‘प्लेअफ’ आशाका लागि अन्य टिमको प्रदर्शन कुर्नुको विकल्प हुने छैन्। चितवन र जनकपुर दुवैको यो लिगचरणको अन्तिम खेल भएकाले आफ्नो दाउ अनुसार दुबै टोली जितको लक्ष्यमा रहेका छन्।
लगातार चार जितका साथ बलियो देखिएको जनकपुरले बुधबार पाँचौं खेलमा हार भोग्यो तर छैटौं खेलमा काठमाण्डुविरुद्ध पुनरागमन गर्दै आफ्नो ‘विनिङ’ लयमा फर्कियो। त्यसैले आजको यो खेलमा चितवनको ‘प्लेअफ’ को लडाँइ र जनकपुरको ‘क्वालिफायर’ पुग्ने लडाँइ रोमाञ्चक हुने आँकलन गरिएको छ।
चितवन राइनोज:
कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, बिपिन रावल, दिपक बोहरा,अमर रौटेला, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की, गौतम केसी, सलाउद्दीन खान, नरबहादुर सार्की, रभी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), लुक बेन्केन्स्टाइन (इंग्ल्यान्ड) जन निकोल लोफ्टाइ-इटन (नामिबिया), सोहेल तन्वीर (पाकिस्तान)
जनकपुर बोल्ट्सः
आशीफ शेख, अनिल कुमार साह (कप्तान), ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनीको यादव, शुभ कंसाकर, तुलबहादुर थापा, विशाल सुसलिङ, जेम्मी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रोम्प (अमेरिका), मोहम्मद मोहसीन (अमेरिका), बेन माइक (इंग्ल्यान्ड),लाहिरु मिलन्था (अमेरिका), हर्ष थकर (क्यानडा)