
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेअफ’ दौड कायम राख्ने प्रयासमा रहेको पोखराले काडमान्डुविरुद्ध ९९ रन जोड्दा आफ्ना ७ ब्याटर गुमाएको छ।
अहिले पोखरा १६.२ ओभरमा ९९ रन बनाएर खेलिरहेको छ। पोखराका लागि ओपनर दिनेश खरेलले ३८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक दिलिप नाथले २७ रन जोड्दा अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।
उसका लागि आन्द्रेस गौस सुन्य रनमा आउट हुँदा कुशल भुर्तेल ७ रनमा पेभिलियन फर्किए। त्यस्ते आकर्षीत गोमेल ८ रनमा आउट हुँदा माइकल लिस्क १ रनमा आउट भए।
अहिले क्रिजमा रेमन रेइफर ११ रन बनाएर अविजित छन्। काठमान्डुका लागि रसिद खानले ३ विकेट लां गेर्हार्ड एरासमस र करण केसीले २ विकेट लिंदा माइकल लेभिटले समान १-१ विकेट लिए।