पोखरामाथि काठमान्डुको रवाफिलो जित

पोखरामाथि काठमान्डुको रवाफिलो जित
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजले ‘प्लेअफ’ दौडमा आफूलाई कायम राखेको छ।  काठमान्डुले पोखरालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो।

काठमान्डुले राम्रो रनरेट सहित जित निकाल्ने क्रममा ३५ बल बाँकी हुँदै खेल आफ्नो पक्षमा पार्यो। यो हारसँगै पोखराको ‘प्लेअफ’ सम्भावना भने कमजोर बनेको छ।

काठमान्डु विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिएकाे १ सय ३९ रनको लक्ष्य पछ्याएको काठमान्डुले १४.१ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। काठमान्डुका लागि स्टेफन एस्किनाजीले ३४ बलमा ६० रनको विस्फोटक इनिङ खेले।

त्यस्तै माइकल लेभिटले ३२ र नबनाउँदा भिम सार्कीले २२ रन बनाएका थिए। त्यस्तै गेर्हार्ड एरासमस २५ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्रीले ३ विकेट लिँदा माइकल लिस्कले १ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो। पोखराका लागि तीन खलाडीले मात्र दोहरो स्कोरमा रन बनाए। उसका लागि रेमन रिफरले सर्वाधिक ४१ रनको अविजित इनिङ खेल त्यस्तै ओपनर दिनेश खरेलले ३८ रन बनाउँदा दिलिप नाथको २७ रन थप दोहोरो स्रका रुपमा रहयाे।

अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। उसका लागि शीर्ष तहका ब्याटरहरु आन्द्रेस गौस सुन्य रनमा आउट हुँदा कुशल भुर्तेल ७ रनमा पेभिलियन फर्किए। त्यस्तै आकर्षीत गोमेल ८ रनमा आउट हुँदा माइकल लिस्क १ रनमा आउट भएका थिए।

काठमान्डुका लागि रसिद खान र करण केसीले समान ३-३ विकेट लिँदा गेर्हार्ड एरासमस र माइकल लेभिटले समान १-१ विकेट लिए। जितसँगै काठमान्डुले ६ अङ्क बनाएको छ। पोखराको भने ४ अङ्क रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?