
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले पाँचौं विकेट गुमाएको छ।
जनकपुरले ६६ रन जोड्दा पाँचौं विकेट गुमाएको हो। पाँचौं विकेटका रुपमा आसिफ शेख २३ रन बनाएर आउट भए।
यसअघि अनिल साह ८ रन, लाहिरु मिलान्था १ रन, हर्ष थाकर ६ रन र शुभ कंसाकार १५ रन बनाएर आउट भएका थिए।
चितवनका रिजन ढकाल, सोहेल तनवीर, कुशल मल्ल र अमर रौटेलाले एक–एक विकेट लिएका छन्।
पहिले ब्याटिङ गरेको चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य दिएको छ।