बिराटनगरलाई १ विकेटले हराउँदै काठमान्डुले कायम राख्यो ‘प्लेअफ’को आश

बिराटनगरलाई १ विकेटले हराउँदै काठमान्डुले कायम राख्यो ‘प्लेअफ’को आश
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जित्नै पर्ने खेलमा काठमान्डु गुर्खाज बिराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै ‘प्लेअफ’ को संभावना कायम राखेको छ।

आइतबार दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको काठमान्डुले १८.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

काठमान्डुका लागि प्रतिक श्रेष्ठले ३९ रन बनाउँदा रसिद खानले १४ रन बनाए। त्यस्तै गेर्हार्ड एरासमसले १२ रन बनाउँदा माइकल लेभिटले १० रन बनाए।

काठमान्डुका शंकर राना १६ रनमा अविजित रहे। बिराटनगरका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सोलेले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले जितका लागि १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। बिराटनगरका लागि राजेश पुलामीको २५ रन सर्वाधिक रनका रुपमा रह्यो।

उनी बाहेक दिपक बोहराले २० रन बनाउँदा निकोलस कीर्टन १२ रनमा आउट भए। त्यस्तै स्कट एडवार्डको १५ रन र बसिर अहमदको १३ रन थप दोहोरो स्कोरका रुपमा रहेको थियो।

विराटनगरका ओपनर लोकेश बम ८ रनमै आउट भएका थिए। त्यस्तै इस्मात अलाम ५ रनमा आउट हुँदा क्रिस सोले १ रनमा आउट भए।

काठमान्डुका लागि गेर्हार्ड एरासमसले ३ विकेट लिंदा दिपेष कँडेलले २ विकेट लिए। त्यस्तै डन डौथवाइट, करण केसी र साहब अलामले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?